arrow

आईपीएलमा चेन्नईमाथि लखनउको शानदार जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ८ शनिबार
ipl-2024-chennai-lakhnau.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा लखनउ सुपर जाइन्टसले शानदार जित हासिल गरेको छ । लखनउले उपाधिको प्रमुख दावेदार चेन्नई सुपर किंग्समाथि ८ विकेटको जित निकालेको हो । 

लखनउमा शुक्रबार राति भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले ६ विकेटको क्षतिमा १७६ रन बनायो । रविन्द्र जडेजाले ४० बलमा अविजित रहँदै ५७ रन बनाएको इनिङ्समा अजिन्क्या रहानेले २४ बलमा ३६, मोइन अलीले २० बलमा ३० तथा महेन्द्र सिंह धोनीले ९ बलमा २८ रन जोेडे । 

क्रुनाल पाण्डेयाले २ विकेट लिए । जवाफमा लखनउले १९ ओभरमै २ विकेटको क्षतिमा ठूलो जित हासिल गर्यो । कप्तान केएल राहुलले ५३ बलमा ८२, क्विन्टन डि ककले ४३ बलमा ५४ तथा निकोलस पुरनले १२ बलमा अविजित रहँदै २३ रन बनाए । 

अंक तालिका
७ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र लखनउ सुपर जाइन्टसले समान ८ अंक जोडेका छन् । 

दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र गुजरात टाइटान्सको समान ६ अंक छ । पञ्जाब किंग्सको ४ तथा रोयल च्यालेन्जर्स बैंगलुरूको २ अंक छ । 

आजको खेल
आज एउटामात्र खेल हुँदैछ । बेलुकी दिल्लीमा दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ