arrow

हैदराबादको रनको वर्षात् कायमै, दिल्ली पराजित, आज दुई खेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
ipl-2024-srh-win.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा सनराइजर्स हैदराबादले हरेक खेलमा रनको वर्षा गरेको छ । निरन्तर आफ्नो रेकर्ड बनाउँदै आएको हैदराबादले दिल्ली क्यापिटल्सलाई शनिबार राति पराजित गर्यो । 

दिल्लीको मैदानमा भएको खेलमा हैदराबाद ६७ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको हैदराबादले ७ विकेटको क्षतिमा २६६ रन बनायो । यो आईपीएलको इतिहासको चौथो ठूलो योगफल हो । 

ट्राभिस हेडले ३२ बलमा ८९ रन बनाए । त्यस्तै शहबाज अहमदले २९ बलमा अविजित रहँदै ५९ रन बनाए । अभिषेक पटेलले १२ बलमा ४६ रन जोडे ।

यो इनिङ्समा २२ छक्का प्रहार भएको थियो । यसअघि रोयल च्यालेन्जर्स बैंगलुरूको खेलमा पनि २२ छक्काको कीर्तिमान बनेको थियो । 

कुलदीप यादवले ४ विकेट लिए । 

जवाफमा दिल्लीले १९.१ ओभरमा अलआउट हुँदै १९९ रन बनायो । ज्याक–फ्रासर–म्याकगुर्कले १८ बलमा ६५, कप्तान ऋषभ पन्तले ३५ बलमा ४४ तथा अभिषेक पोरेलले २२ बलमा ४२ रन बनाए । 

टी नटराजनले ४ विकेट लिए । 

अंक तालिका
७ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, र लखनउ सुपर जाइन्टसले समान ८ अंक जोडेका छन् । 

दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र गुजरात टाइटान्सको समान ६ अंक छ । पञ्जाब किंग्सको ४ तथा रोयल च्यालेन्जर्स बैंगलुरूको २ अंक छ । 

आजका खेल
आज दुई खेल हुँदैछन् । दिउँसो ३ः४५ बजे कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलुरूबीचको खेल हुनेछ । 

बेलुकी पञ्जाब किंग्स र गुजरात टाइटान्स भिड्दै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ