arrow

चेन्नई र लखनउका कप्तानद्वयलाई २४ लाख भारु जरिबाना 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
kl-rahul-rituraj-gayakwad.jpg

काठमाडौँ । जारी इण्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा चेन्नई सुपर किंग्सका कप्तान ऋतुराज गायकवाड र लखनउ सुपर जाइन्ट्सका कप्तान केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्डले १२–१२ लाख भारु रुपैयाँ जरिवाना गरेको छ ।

आईपीएल अन्तर्गत शुक्रबार सम्पन्न लखनउ र चेन्नईबीचको खेलमा दुवै कप्तानले स्लो ओभर रेटका कारण जरिबाना पाएका हुन् । यस सिजन लखनउ र चेन्नईको यो पहिलो गल्ती भएकोले आईपीएल आचार संहिता अनुसार न्यूनतम सजाय दिइएको बोर्डले जनाएको छ ।

स्लो ओभरका कारण यसअघि विभिन्न आईपीएल टिमका कप्तानलाई जरिबाना गरिएको छ । यस सिजनमा यसअघि मुम्बई इण्डियन्सका कप्तान हार्दिक पाण्डेयलाई गत बिहीबार पञ्जावविरुद्धको खेलमा स्लो ओभर रेटका कारण १२ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

त्यस्तै यसअघि राजस्थानविरुद्धको खेलमा कोलकाता नाइट राइडर्सका कप्तान श्रेयस अय्यरलाई १२ लाख रुपैयाँ जरिबाना गरिएको थियो । त्यस्तै गुजरात टाइटन्स विरुद्धको खेलमा राजस्थान रोयल्सका कप्तान सञ्जु सामसनलाई १२ लाख रुपैयाँ जरिबाना गरिएको थियो । 

यसअघि लगातार दुई खेलमा स्लो ओभर रेटिङ गरेको भन्दै दिल्ली क्यापिटल्सका कप्तान ऋषभ पन्तलाई २४ लाख भारु जरिबाना गरिएको थियो । कोलकाता नाइट राइडर्सविरुद्धको खेलमा स्लो ओभर रेटका कारण पन्तलाई सो जरिबाना गरिएको थियो । 

सो खेलमा पन्त बाहेक दिल्ली क्यापिटल्सका इम्प्याक्ट प्लेयरसहित प्लेइङ–११ मा सहभागी खेलाडीलाई म्याच शुल्कको २५ प्रतिशत जरिबाना पनि लगाइएको थियो । पन्त यस घि चेन्नईविरुद्धको खेलमा पनि स्लो ओभर रेटका कारण १२ लाख जरिबानामा परेका थिए ।

त्यसैगरी यस सिजनको सातौँ खेलमा चेन्नई विरुद्धको खेलमा स्लो ओभर रेटका कारण गुजरात टाइटन्सका कप्तान शुभमन गिललाई पनि १२ लाख जरिबाना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ