arrow

बैंगलुरूमाथि कोलकाताको एक रनको रोमाञ्चक जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ९ आइतबार
iol-2024-kkr-rcb.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरूमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

कोलकाताले  बैंगलुरूमाथि एक रनको रोमाञ्चक जित हासिल गरेको हो । इडन गार्डेनमा भएको खेलमा कोलकाताले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा  बैंगलुरूले २० ओभरमा अलआउट हुँदै २२१ रन बनाएपछि एक रनले हारेको हो ।

बैंगलुरूका लागि विल ज्याक्सले ३२ बलमा ५५, रजत पटिदारले २३ बलमा ५२, दिनेश कार्तिकले १८ बलमा २५, सुयस प्रभुदेसाईले १८ बलमा २४, कर्ण शर्माले ७ बलमा २० तथा विराट कोहलीले ७ बलाम १८ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । 

कोलकाताका लागि आन्द्रे रसेलले ३ तथा हर्षित राना र सुनिल नाराइनले समान २–२ विकेट लिए । 

यसअघि पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

कप्तान श्रेयस एथ्यरले ३६ बलमा ५०, फिल साल्टले १४ बलमा ४८, आन्द्रे रसेलले २० बलमा अविजित रहँदै २७, रमनदीप सिंहले ९ बलमा अविजित रहँदै २४ तथा रिंकु सिंहले १६ बलमा २४ रन बनाए । 

याश दयाल र क्यामरुन ग्रिनले २–२ विकेट लिए । 

यो हारसँगै बैंगलुरूको प्लेअफ सम्भावना लगभग सकिएको छ । 

अंक तालिका
७ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा पुगेको छ । 

सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टसले समान ८ अंक जोडेका छन् । 

दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र गुजरात टाइटान्सको समान ६ अंक छ । पञ्जाब किंग्सको ४ तथा रोयल च्यालेन्जर्स बैंगलुरूको ८ खेलमा २ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ