arrow

गुजरातले पञ्जाबलाई हरायो, आज मुम्बईको परीक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
ipl-2024-pk-gt-.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा गुजरात टाइटान्स विजयी भएको छ । गुजरातले पञ्जाब किंग्सलाई ३ विकेटले हरायो । 

पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १४२ रन बनायो ।  प्रभसिम्रन सिंहले सर्वाधिक ३५ रन बनाएको इनिङ्समा साइ किशोरले ४ तथा मोहित शर्मा र नूर अहमदले २–२ विकेट लिए । 

जवाफमा गुजरातले पाँच बल खेल्न बाँकी छँदै ७ विकेट गुमाएर जित हासिल गर्यो । राहुल टिवाटियाले १८ बलमा अविजित रहँदै ३६, कप्तान सुबमन गिलले २९ बलमा ३५ तथा साइ सुदर्शनले ३४ बलमा ३१ रन बनाए । 

हर्षल पटेलले ३ विकेट लिए पनि जित दिलाउन सकेनन् । 

अंक तालिका
७ खेलबाट १२ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा पुगेको छ । 

सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्टस र गुजरात टाइटान्सले समान ८ अंक जोडेका छन् । 

मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको समान ६ अंक छ । पञ्जाब किंग्सको ४ तथा रोयल च्यालेन्जर्स बैंगलुरूको ८ खेलमा २ अंक छ । बैंगलुरू प्लेअफको होडबाट बाहिरिने पहिलो टिम बनेको छ । 

आजको खेल
आजको खेलमा शीर्ष स्थानको राजस्थान रोयल्स र सातौँ स्थानमा रहेको मुम्बई इन्डियन्सबीचको खेल हुँदैछ । 

जयपुरमा हुने यो खेल मुम्बईका लागि प्लेअफलाई दाबेदारी कायम राख्न जित्नैपर्ने दबाब रहेको छ । राजस्थान भने अग्रस्थानमै छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ