arrow

विद्यालाई एमालेले दियो ‘राष्ट्रिय गौरव’ पदक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
vidyadevi-bhandari-81-01-10.jpg

काठमाडौँ । नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।

ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपा एसका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पूर्वराष्ट्रपति एवं एमालेकी पूर्व उपाध्यक्ष भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।

आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई  राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदानर राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ