arrow

विद्या भक्कानिइन् मदन भण्डारीलाई सम्झेर 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १० सोमबार
vidyadevi-bhandari-81-01-10a.jpg

काठमाडौँ । पूर्वराष्ट्रपति एवं एमालेकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी आफ्ना श्रीमान् स्वर्गीय मदन भण्डारीलाई सम्झेर भक्कानिएकी छिन् । सोमबार एमालेले नेकपा स्थापनाको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्वराष्ट्रपति भण्डारी भक्कानिएकी हुन् ।

उनले श्रीमान् नेकपा एमालेका तत्कालीन महासचिव भण्डारीको निधनपछि आफ्नो राजनीतिक यात्राले नयाँ मोड लिएको बताएकी थिइन् । मदन भण्डारीलाई स्मरण गर्दा निकै भावुक भएकी भण्डारीले एमालेको प्रेरणा र प्रोत्साहन एवं जनताको चाहना अनुरुप मदन भण्डारीका अधुरा सपना साकार पार्न राजनीतिमा सक्रिय हुने परिवेश सिर्जना भएको बताइन् । 

उनले भनिन्, ‘नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीको २०५० साल जेठ ३ गते दासढुङ्गामा जीप दुर्घटनामा परी निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो। नेकपा एमालेको प्रेरणा , प्रोत्साहन एवं कार्यकर्ता सदस्य यथा जनताको चाहना बमोजिम मदनका अधुरा सपना साकार पार्ने अभियानमा म थप जिम्मेवारीका साथ राजनीतिक सक्रिय रुपमा लाग्ने परिवेश निर्माण भएको हो ।’

उनी दुई पटक राष्ट्रपति भए पनि मदन भण्डारीका हत्यारालाई पत्ता लगाउन कुनै उल्लेख्य भूमिका खेलिनन् । एमालेले मदन भण्डारीको हत्या भएको भन्दै राजनीति गरेको भए पनि त्यसयता एमालेबाट मात्रै चार जना प्रधानमन्त्री भए पनि कसैले हत्यारा पत्ता लगाउन सकेनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ