arrow

मुम्बई मुस्किलमा, राजस्थान प्लेअफ नजिक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ११ मंगलबार
ipl-2024-yashaswi-jaiswal-r.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा पाँच पटकको विजेता मुम्बई इन्डियन्स मुस्किलमा परेको छ । लगातार हारको सामना गरेसँगै मुम्बईको प्लेअफ सम्भावना कमजोर बनेको हो । 

गएरातिको खेलमा राजस्थान रोयल्सँग ९ विकेटले पराजित भएसँगै मुम्बईको सम्भावना कमजोर बनेको हो । 

खेलमा पहिले ब्याटिङ गरेको मुम्बईले ९ विकेटको क्षतिमा १७९ रन बनायो । तिलक वर्माले ४५ बलमा ६५ रन बनाएको इनिङ्समा नेहाल वाधेराले ४९ रन जोडे । प्लेयर अफ द म्याच सन्दीप शर्माले आईपीएमा सबैभन्दा राम्रो बलिङ गर्दै १५ रन खर्चेर ५ विकेट लिए । 

जवाफमा पहिलो संस्करणको विजेता राजस्थानले १८.४ ओभरमै १ विकेटको क्षतिमा जित हासिल गर्यो । ओपनर यशस्वि जैसवालले ६० बलमा अविजित रहँदै १०४ रन बनाए । 

कप्तान सञ्जु सामसनले २८ बलमा अविजित रहँदै ३८ तथा जोस बटलरले २५ बलमा ३५ रन बनाए । 

यो जितसँगै राजस्थान प्लेअफ नजिक पुगेको छ । 

अंक तालिका
८ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

चेन्नई सुपर किंग्स, लखनउ सुपर जाइन्टस र गुजरात टाइटान्सले समान ८ अंक जोडेका छन् । 

८ खेलबाट मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सको समान ६ अंक छ । पञ्जाब किंग्सको ४ तथा रोयल च्यालेन्जर्स बैंगलुरूको ८ खेलमा २ अंक छ । बैंगलुरू प्लेअफको होडबाट बाहिरिने पहिलो टिम बनेको छ । 

आजको खेल
आजको खेलमा चेन्नई सुपर किंग्स र लखनउ सुपर जाइन्टस भिड्दै छन् । खेल चेन्नईमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ