arrow

चेन्नईमाथि लखनउ हावी, दिल्लीको भविष्य आज निर्धारण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १२ बुधबार
ipl-2024-marcus-stoinis-124.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा पाँच पटकको विजेता चेन्नई सुपर किंग्स पराजित भएको छ । गएराति घरेलु मैदानमा भएको खेलमा चेन्नईलाई लखनउ सुपर जाइन्टसले ६ विकेटले पराजित गरेको हो । 

पहिले ब्याटिङ गरेको चेन्नईले ४ विकेटको क्षतिमा २१० रन बनायो । कप्तान ऋतुराज गाइकवाडले ६० बलमा अविजित रहँदै १०८ रन बनाए । त्यस्तै शिवम दुबेले २७ बलमा ६६ रन बनाए । 

जवाफमा लखनउले तीन बल खेल्न बाँकी छँदै ४ विकेटको क्षतिमा जित हासिल गर्यो । मार्कस स्टोइनिसले ६३ बलमा अविजित रहँदै १२४ रन बनाउँदै टिमलाई जिताए । 

त्यस्तै निकोलस पुरनको १५ बलमा ३४ तथा दीपक हुडाको ६ बलमा अविजित १७ रन महत्वपूर्ण रह्यो । 

अंक तालिका
८ खेलबाट १४ अंकसहित राजस्थान रोयल्स शीर्ष स्थानमा रहेको छ । कोलकाता नाइट राइडर्स ७ खेलबाट १० अंकसहित दोस्रो स्थानमा छ । 

सनराइजर्स हैदराबाद ७ खेलबाट १० अंकसहित तेस्रो स्थानमा छ । 

लखनउ सुपर जाइन्टस ८ खेलबाट १० अंकसहित चौथो स्थानमा छ । चेन्नई सुपर किंग्स ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा छ । 

गुजरात टाइटान्स ८ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा छ । मुम्बई इन्डियन्स ८ खेलबाट ६ अंकसहित सातौँ स्थानमा छ । 

दिल्ली क्यापिटल्स ८ खेलबाट ६ अंकसहित आठौँ स्थानमा छ । 

प्लेअफ होडबाट बाहिरिएको पञ्जाब किंग्सको ४ तथा रोयल च्यालेन्जर्स बैंगलुरूको २ अंक छ । 

आजको खेल
आजको खेलमा दिल्ली क्यापिटल्स र गुजरात टाइटान्स खेल्दैछन् । खेल दिल्लमा बेलुकी ७ः४५ बजेदेखि शुरु हुनेछ । 

यो खेलले दिल्लीको भविष्य निर्धारण गर्नेछ । जित हासिल गर्दा दिल्लीको प्लेअफ सम्भावना जिवितै हुनेछ भने हारले होडबाट बाहिरिनेछ । 

गुजरात पनि जितले प्लेअफ सम्भावनालाई बलियो पार्नेछ भने हारले मुस्किल बढ्दै जानेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ