साढे दुई वर्षकी बालिका बेचेको आरोपमा जडिबुटी बस्ने महिला पक्राउ
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १४ शुक्रबार
517
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका १३ घर भई काठमाडौँ जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीया कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखी पढाइदिने प्रलोभन देखाइ काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्याइ भारत सिलगुडीबाट आएकी उनकै साथीलाई सुम्पिएको भन्ने सूचनाको आधारमा प्रहरी, राष्ट्रिय बालबालिका खोजतलास केन्द्र तथा राष्ट्रिय बाल अधिकार परिषद्को पहलमा सोमबार ती बालिकाको उद्दार गरी हाल सुरक्षित आवासगृहमा राखिएको छ । मानवबेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न विश्वकर्मालाई काठमाडौं भृकुटीमण्डपबाट पक्राउ गरेको हो ।
उनी उपर मानवबेचबिखन तथा ओसार पसार मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।