arrow

साढे ७ बजे भोटे क्याम्पमा बस दुर्घटना, १९ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १५ शनिबार
accident-final.jpg

कास्की । बागलुङबाट पोखरा आउँदै गरेको बस शनिबार बेलुकी पोखरा महानगरपालिका–२५ हेमजाको भोटे क्याम्पमा दुर्घटना भएको छ । ग१ख ९२९७ नम्बरको बस मध्यपहाडी राजमार्गमा सडकमा अनियन्त्रित भई दुर्घटना हुँदा १९ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त शर्माले जानकारी दिए । बसमा ३६ जना यात्रु सवार रहेको प्रहरीको भनाइ छ । 

घाइतेलाई पोखराका विभिन्न अस्पतालमा उपचारका लागि लगिएको र  दुर्घटनाको थप विवरण आउन बाँकी रहेको शर्माले जानकारी दिए । “घाइतेलाई उद्धार गरी पोखराका विभिन्न अस्पतालमा पुर्याइएको छ । चालकलाई प्रहरीको नियन्त्रणमा लिएका छौँ, थप विवरण आउन बाँकी छ”, शर्माले भने ।
 
तनहुँबाट रिजर्भका लागि बागलुङ गएको बस पोखरा हुँदै तनहुँ फर्किने क्रममा बेलुकी ७ः३० बजेतिर दुर्घटनामा परेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ