arrow

आईपीएल प्लेअफ छनोट नजिक, बाहिरिएको बैंगलुरूको रेकर्ड, दिल्लीलाई मौका 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १७ सोमबार
ipl-2024-delhi-win.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेट प्लेअफ छनोट नजिक पुगेको छ । १० टोलीबीच प्रतिस्पर्धा भइरहेकामा चार टोली उपाधिका लागि प्लेअफ चरणमा पुग्नेछन् ।

अहिलेसम्म राजस्थान रोयल्स १६ अंकसहित छनोटको सबैभन्दा नजिक रहेको छ भने बाहिरिइसकेको रोयल च्यालेन्जर्स बैंगलुरू बाहेक अन्य आठ टिमबीच प्लेअफको भिडन्त जारी छ । 

पञ्जाब किंग्स र मुम्बई इन्डियन्स एक खेल हार्नासाथ प्लेअफ होडबाट बाहिरिने छन् । त्यसबाहेक १० अंकमा रहेका कोलकाता नाइट राइडर्स, चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद, लखनउ सुपर जाइन्टस र दिल्ली क्यापिटल्सबीच मुख्य गरी तीन स्थान हासिल गर्नका लागि कडा प्रतिस्पर्धा हुने भएको छ । 

१० खेलबाट ८ अंकको गुजरात टाइटान्स पनि प्लेअफको होडमै रहेको छ । 

आजको खेल 
आज कोलकाता नाइट राइडर्स र दिल्ली क्यापिटल्स भिड्दै छन् । खेल बेलुकी ७ः४५ बजे इडेन गार्डेनमा हुँदैछ । 

यो खेल जित्दा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा पुग्न सक्छ । यदि कोलकाता विजयी भए दोस्रो स्थानलाई थप मजबुद बनाउने छ ।  हारले भने दिल्लीलाई प्लेअफका लागि दबाब हुनेछ । 

होडबाट बाहिरिएपछि बैैंगलुरूको कमाल
बैंगलुरू अहिले पुछारमा रहेको छ । प्लेअफको होडबाट पनि बाहिरिएको छ । तर जब बाहिरियो उसको प्रदर्शन भने स्मरणीय हुँदै गएको छ । 

बैंगलुरूले आइतबार बेलुकी सम्पन्न भएको खेलमा गुजरात टाइटान्समाथि ९ विकेटको जित हासिल गर्यो । 

२०१ रनको चुनौती बैंगलुरूले १६ ओभरमै पूरा गरेको हो । यो आईपीएलको अर्को कीर्तिमान हो । अहिलेसम्म २०० भन्दा बढीको चुनौती कुनै पनि टिमले १६ ओभरमा जितेको थिएन । 

सो क्रममा विल ज्याक्सले ४१ बलमा अविजित १०० तथा विराट कोहलीले ४४ बलमा अविजित ७० रन जोडे । दुवैबीच अविजित १६६ रनको साझेदारी भएको थियो । 

योसँगै कोहली ५०० रन पूरा गर्ने यो सिजनको पहिलो खेलाडी बनेका छन् । 

यसअघि गुजरातले साइ सुदर्शनको अविजित ८४ तथा शाहरुख खानको ५८ रनको मद्धतले ३ विकेटको क्षतिमा २०० रन बनाएको थियो । 

यता चेन्नईले सनराइजर्स हैदराबादलाई ७८ रनले हरायो । चेन्नईले ३ विकेटको क्षतिमा २१२ रन बनाएको थियो । कप्तान ऋतुराज गायकवाडले ५४ बलमा ९८ तथा ड्यारिल मिचेलले ५२ रन बनाएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ