यस्तो छ इलाम २ मा रास्वपासहित जमानत जफत हुनेहरुको मत
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
985
Shares
इलाम । इलाम २ को प्रतिनिधि सभा उपनिर्वाचनको मत परिणाम आएको छ । जसमा सुवासचन्द्र नेम्वाङका छोरा एमालेका सुहाङ नेम्वाङले चुनाव जितेका छन् । उनले २७ हजार ७७२ मत ल्याए ।
नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत ल्याए भने पहिचानवादी नेता डकेन्द्र सिंह लिम्बूले ११ हजार ४५७ मत ल्याए ।
१९ जना उम्मेदवार भएमध्ये १६ जनाको जमानत जफत भएको छ । कुल मतदाता १ लाख १५ हजार ८८९ रहेकामा जम्मा ६९ हजार ३७४ मत खसेको थियो । जसमा ६८ हजार ४७२ मत सदर हुँदा ९०२ मत बदर भएको थियो ।
१६ जनाको जमानत जफत हुँदा रास्वपाका मिलन लिम्बू पनि परेका छन् । उनले ५ हजार ५० मत ल्याए ।
त्यस्तै गणेशबहादुर चौहानले ४३, जयन्तविक्रम शाहले ४३, राज बश्यालले ३८, धनराज राना मगरले ३६, श्यामबहादुर दर्जीले ३३, दिपेश बोहोराले २१, डाकप्रसाद गौतमले १४, मनोज निरौलाले १२ तथा योगेन्द्र गुरुङले ४ मत ल्याए ।