शैक्षिक भ्रमणमा काठमाडौँबाट मुस्ताङ पुगेको बस दुर्घटना, २१ घाइते
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख १८ मंगलबार
699
Shares
पोखरा । मुस्ताङको कागबेनीमा आज बिहान भएको बस दुर्घटनामा २१ जना घाइते भएका छन् । घाइतेको जिल्ला अस्पताल जोमसोममा उपचार भइरहेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।
मुक्तिनाथबाट जोमसोमतर्फ आउँदै गरेको र प्रदेश ३-०१००६-ख-६२२ नम्बरको बस वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीमा पर्ने मुक्तिनाथ सडकखण्डको सेल्फीडाँडामुनि घुम्तीमा ब्रेक फेल भएर सडकमै पल्टिएको प्रजिअ पन्तले बताए ।
सो बसमा काठमाडौँको अनामनगरस्थित लिबर्टी कलेजका विद्यार्थीसहित ३३ जना यात्रु थिए । उनीहरु शैक्षिक भ्रमणका लागि मुस्ताङ पुगेका थिए ।
यसैगरी काठमाडौंकी अनामिका थापा, कैलालीका ध्रुवराज जोशी, भोजपुरका पेसल बस्नेत, महोत्तरीकी रम्मा कुमारी, पाँचथरका आदेश लावती, सुनसरीका निशान रसाइली, धनुषाका सुरजकुमार परियार, बर्दियाका सुवास नेपाल, काभ्रेका सौगात त्रिपाठी, सर्लाहीका साहुल साह, काठमाडौंका साइरस तामाङ, भक्तपुरका अनामिका सुवार, धनुषाका दीपककुमार निधि, सर्लाहीका निरञ्जन साह र डोटीका रोहित बलायर पनि सो दुर्घटनामा घाइते भएका छन् ।
मुस्ताङका प्रमुख जिल्ला अधिकारी पन्त, प्रहरी प्रमुख डिएसपी भोजराज पाण्डे, स्थानीय जनप्रतिनिधि लगायत घटनास्थलमा पुगेर घाइतेको उद्धारमा खटिएका थिए । बस सडकमै पल्टिएका कारण केही बेर जोमसोम-मुक्तिनाथ सडकखण्ड अवरुद्ध भएको थियो ।