arrow

चेन्नईलाई झड्का, पञ्जाबले बढायो प्लेअफको आशा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २० बिहिबार
ipl-2024-chennai-punjab.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा चेन्नई सुपर किंग्सलाई झड्का लागेको छ । चेन्नई घरेलु मैदानमा गएराति पञ्जाब किंग्ससँग ७ विकेटले पराजित भएको हो । 

पहिले ब्याटिङ गरेको चेन्नईले ७ विकेटको क्षतिमा १६२ रन बनायो । कप्तान ऋतुराज गायकवाडले ४८ बलमा ६२ रन जोडे । 

लगातार सात खेलमा अविजित रहेर रेकर्ड बनाएका महेन्द्र सिंह धोनी आठौँ खेलको रेकर्ड बनाउन असफल भए । उनले ११ बलमा मात्र १४ रन बनाएर रनआउट भए । 

पञ्जाबका लागि हरप्रित ब्रार र राहुल चहरले २–२ विकेट लिए । 

जवाफमा पञ्जाबले १७.५ ओभरमै मात्र ३ विकेटको क्षतिमा १६३ रनको चुनौती पूरा गर्यो । जोनि बेयरस्ट्रले ३० बलमा ४६ तथा राइली रस्सोले २३ बलमा ४३ रन बनाए । 

अंक तालिका
अहिलेसम्म राजस्थान रोयल्स १६ अंकसहित छनोटको सबैभन्दा नजिक रहेको छ भने मुम्बई र रोयल च्यालेन्जर्स बैंगलुरू समान ६ अंकसहित बाहिरिएका छन् । 

९ खेलबाट १२ अंकमा रहेका कोलकाता नाइट राइडर्स र १० खेलबाट १२ अंकमा रहेको लखनउ सुपर जाइन्टस प्लेअफका लागि दोस्रो र तेस्रो स्थानमा रहेर मजबुद भएका छन् । 

१० खेलबाट १० अंकको चेन्नई सुपर किंग्स चौथो स्थानमा छ । ९ खेलबाट १० अंकको सनराइजर्स हैदराबाद पाँचौँ तथा ११ खेलबाट १० अंकको दिल्ली क्यापिटल्स छैटौँ स्थानमा छ ।  

पञ्जाब किंग्स १० खेलबाट ८ अंकसहित सातौँ स्थानमा रहेको छ । 

गुजरात टाइटान्स १० खेलबाट ८ अंकसहित आठौँ स्थानमा छ । मुम्बई र बैंगलुरूको ६ अंक छ ।  

आजको खेल 
आज सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स भिड्दैछन् । खेल बेलुकी ७ः४५ बजे हैदराबादमा हुँदैछ । जित हासिल गर्दा राजस्थान क्वालिफायरमा पुग्नेछ भने भने हैदराबादले जित हासिल गर्दा प्लेअफ मजबुत हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ