arrow

आईपीएलमा बन्दै प्लेअफ समीकरण, कोलकाता पुग्यो शीर्ष स्थानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
ipl-2024-kkr-win-movement.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा प्लेअफ समीकरण बन्दै गएको छ । गएराति भएको खेलमा लखनउ सुपर जाइन्टसलाई पराजित गर्दै कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा पुगेर प्लेअफ लगभग पक्का गरेको छ । 

९८ रनको फराकिलो जित हासिल गरेको कोलकाताले रनरेटमासमेत सुधार गर्दै ११ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा रहेर प्लेअफ लगभग पक्का गरेको हो । अब कोलकाताले खेल्न बाँकी ३ मध्ये एक खेल जिते पनि क्वालिफायरमै पुग्ने सम्भावना बढी छ । 

१० खेलबाट १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स, सनराइजर्स हैदराबाद र लखनउको समान १२ अंक रहेको छ । 

त्यस्तै ११ खेलबाट १० अंकको दिल्ली क्यापिटल्स छैटौँ स्थानमा छ । ११ खेलबाट १० अंकसहित रोयल च्यालेन्जर्स बैंगलुरू, पञ्जाब किंग्स र गुजरात टाइटान्स क्रमश रहेका छन् । 

अहिलेसम्म ६ अंकबाट पुछारको मुम्बई इन्डियन्समात्रै बाहिरिएको छ । तर दिल्लीदेखि मुनिका टिमहरु एक खेल हार्नासाथ बाहिरिने छन् । 

आजको खेल 
आज मुम्बई र हैदराबादबीचको खेल हुँदैछ । खेल बेलुकी ७ः४५ बजे वाङखेडेको मैदानमा हुँदैछ । 

यो खेल जित्दा हैदराबादको प्लेअफ सम्भावना बलियो हुनेछ भने हारले खासै फरक पर्ने छैन । यद्यपि चुनौती बढ्ने छ । 

मुम्बई भने बाहिरिइसकेकाले खासै फरक पर्ने छैन । तर पाँच पटकको च्याम्पियन मुम्बईलाई अबका खेल प्रतिष्ठाका लागि पनि जित्नुपर्ने बाध्यता छ । 

अर्कातर्फ चार खेलाडी भारतीय टिमको टी–२० विश्वकपमा रहेकाले फर्ममा फर्कन पनि उत्कृष्ट प्रदर्शन गर्नु जरुरी छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ