arrow

विश्वकपमा आतंकवादी हमलाको धम्की 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २४ सोमबार
t20-worldcup-2024.jpg

काठमाडौँ । आगामी जुन २ तारिखदेखि हुने विश्वकप टी–२० क्रिकेट प्रतियोगिताका क्रममा आतंकवादी हमला हुने धम्की दिइएको छ । 

पाकिस्तान–अफगानिस्तानमा सक्रिय रहेको आतंकवादी संगठन आईएस खारासानले विश्वकपका क्रममा आतंकवादी हमला गर्ने धम्की दिएको हो । 

ट्रिनिडाड एन्ड टोबागोका प्रधानमन्त्री किथ राउलीले आतंकवादी संगठनले कयौँ देशमा भिडियो सन्देश पठाएको र त्यसमा वेष्ट इन्डिज पनि रहेको उल्लेख गरेका छन् । 

विश्वकप वेष्ट इन्डिज र अमेरिकाले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रो–इस्लामिक स्टेटले मिडियाका कयौँ देशमा खेलकुदका कार्यक्रमका दौरान हिंसा गर्ने धम्की दिएको हो । 

आईएस खोरासानको अफगानिस्तान–पाकिस्तान शाखाको प्रोपागान्डा च्यानल नशीर ए–पाकिस्तान मार्फत एक भिडियो सन्देश जारी गरेको हो । वेष्ट इन्डिजका सीईओ जोनी ग्रेब्सले क्रिक बजसँग ‘हामीहरुले अधिकारीहरुसँग मिलेर काम गरिरहेका छौँ, हामी निश्चित गर्छौँ कि आयोजक देशका सहरहरुमा लगातार निगरानी हुनेछ र कुनै पनि सम्भावित खतरालाई निप्ट्याउन तयार रहौँ ।’ 

यसैबीच अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले सबैको सुरक्षा र रक्षा आफूहरुको प्राथमिकता रहेको भन्दै यसको समाधान गर्न पुरानो योजना रहेकोसमेत बताए । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ