arrow

माछापुच्छ्रे बैङ्कले जित्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
mbl-champion-supper-six-cricket-corporate-2024.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्कले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को उपाधि जित्न सफल भएको छ। मूलपानी क्रिकेट मैदानमा मङ्गलवार सम्पन्न फाइनलमा आइसिएफसी फाइनान्सलाई तीन विकेटले हराउँदै माछापुच्छ्रे बैङ्कले उपाधि उचालेको हो।

एसएस इभेन्ट्सको आयोजनामा हुँदै आएको कर्पोरेट क्रिकेट प्रतियोगितामा माछापुच्छ्रे पहिलो पटक कर्पोरेट क्रिकेटमा विजेता भएको हो। 

आइसिएफसी फाइनान्सले दिएको ६६ रनको लक्ष्य माछापुच्छ्रेले ४.४ ओभरमा दुई विकेटको क्षतिमा पूरा गर्‍यो। माछापुच्छ्रेको जितमा निशेष केसीले ३१ रन र विभव जोशीले १६ रन जोडेका थिए।

आफ्ना कर्मचारीको व्यवसायीको क्षमताको साथमा खेलप्रतिको रुचिलाई समेत ध्यानमा राखी बैङ्कले विभिन्न समयमा आयोजना हुने कर्पोरेट टुर्नामेन्टहरूमा आफ्ना कर्मचारीलाई सहभागी गराउँदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ