arrow

किशोरी बलात्कारका आरोपी एमाले नेता विदुरको घटनासँग कुनै सरोकार नभएको भन्दै लामाद्वय र श्रेष्ठको खण्डन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २६ बुधबार
bidur-sharma-rapep-uml-dola.jpg
तस्बिर – विदुर शर्मा, फाइल ।

काठमाडौँ । जागिरको प्रलोभन दिएर किशोरी बलात्कार गरेर फरार रहेको आरोप लागेका दोलखाका एमाले नेता विदुर शर्माविरुद्ध प्रहरीमा दर्ता भएको उजुरी फिर्ता लिई मुद्दा मिलाउन सक्रिय भएको विषयमा आफूहरुको कुनै सरोकार नरहेको तीन जनाले बताएका छन् । 

जागिरको प्रलोभन दिएर बलात्कार गरेको भन्दै दोलखाकाको विदुर शर्माविरुद्ध प्रहरीमा उजुरी परेको छ। दोलखा जिल्ला घर भई हाल भक्तपुरको बालकोट बस्ने वर्ष ४५ शर्माविरुद्ध दरबारमार्ग प्रहरी वृत्तमा बिहीबार उजुरी परेको हो ।

उजुरीपछि उनलाई आरोपबाट मुक्त गर्न मोटै रकमको चलखेल भएको र आरोपी शर्मा भारत भगाइएको समाचार हाम्राकुराले प्रकाशित गरेको थियो ।

उक्त समाचारमा केस फिर्ता लिनका लागि शर्माको तर्फबाट अफर गर्नेहरुमा उनका साथीहरु राजेश श्रेष्ठ, वसन्त लामा र सज्जन लामा रहेको प्रकाशित भएको थियो । 

तर लामाद्वय र श्रेष्ठले भने आफूको यो घटनामा कुनै सरोकार नभएको भन्दै खण्डन गरेका छन् । हाम्राकुरालाई खण्डन लेख्दै उनीहरुले आफूहरुको यो मुद्दामा कुनै चासो चिन्ता नभएको पनि उल्लेख गरिएको छ । 

साथै उनीहरुले यस्तो समाचारमा आफूहरुको नाम नजाेडिदिन आग्रह गर्दै यसरी नाम जोडिएकोमा आपत्तिसमेत जनाएका छन् ।

यस्तो छ खण्डन पत्र–

यो हो हाम्राकुरामा आएको समाचार–



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ