arrow

दुईवटा एग्रोभेटमा सिलबन्दी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
Chitwan-hamrakura.jpg.jpeg
तस्बिर-फाइल

चितवन । जिल्लाको सदरमुकाममा रहेका दुईवटा एग्रोभेटमा ताला लगाइएको छ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापक केन्द्र हरिहरभवन ललितपुर र कृषि विकास कार्यालय चितवनले गरेको संयुक्त अनुगमनका लापर्वाही भेटिएपछि ती एग्रोभेटमा सिलबन्दी लगाइएको हो।

सो क्रममा नारायणगढमा सञ्चालित प्रधान एग्रो इ र भरतपुरमा सञ्चालित हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थामा ताला लगाइएको केन्द्रका वरिष्ठ बाली संरक्षण अधिकृत मनोज पोख्रेलले जानकारी दिए।

उनका अनुसार प्रधान एग्रोमा अनुमति प्राप्त व्याक्ति पसलमा नबसी नाबालकलाई पसलमा राखेर सञ्चालन गरेको र प्रयोग गर्ने समय सक्किएका विषादीको बिक्री वितरण गरेको पाइएकाले सो पसलका सञ्चालकलाई एक साताभित्र कृषि कार्यालयमा सम्पर्क गर्न भनिएको छ।

यस्तै हाम्रो बहुउद्देश्यीय कृषि सहकारी संस्थाले पनि तालिम प्राप्त व्यक्तिलाई पसलमा राखेर बिक्री वितरण नगरेको र विषादी बिक्रीका क्रममा आवश्यक सुरक्षा प्रविधि नअपनाएको पाइएकाले ताला लगाइएको हो।

यस्तै अनुगमनका क्रममा जिल्लाको सदरमुकाम भरतपुरमा सञ्चालित एग्रोभेटमा प्रयोग गर्ने समय सक्किएका विषादी बिक्री वितरणका लागि राख्ने गरेको, बिक्री गर्ने व्यक्तिले सुरक्षा प्रविधि नअपनाएको, नवीकरण नगरेको पाइएको उनले बताए।

उनले भने “मुख्य सहरी क्षेत्रमानै लापर्वाही हुन्छ भने अन्य स्थानमा के होला”, बुधबार छ एग्रोभेटमा अनुगमन गरिएको थियो।

सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले विषादीको बिक्री वितरणमा देखिएको कमजोरीलाई नियन्त्रण गर्न स्थानीय प्रशासनले ध्यान दिँदै आएको भए पछि गम्भीर खालाका त्रुटि भेटिनु गलत भएको बताए।

विषादीको समुचित र न्यायोचित प्रयोगले मात्रै उत्पादन बढाउन सकिने भएकाले यसलाई निगरानी बढाउन आवश्यक रहेको उनले बताए।

कृषि बिकास कार्यालय चितवनका प्रमुख झलकनाथ कँडेलले माटो र मानब स्वास्थ्यलाई कसरी सुरक्षित राख्न सकिन्छ भन्ने विषयमा सबैले ध्यान दिन जरुरी रहेको बताए।



नयाँ