arrow

पञ्जाब र बैंगलुरूमध्ये एक आज बाहिरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २७ बिहिबार
ipl-2024-punjab.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटमा अहिलेसम्म पाँच पटकको विजेता मुम्बई इन्डियन्समात्र औपचारिक रुपले प्लेअफ सम्भावनाबाट बाहिरिएको छ । 

आज भने दोस्रो बाहिरिने टिमको टुंगो लाग्दैछ । आज धर्मशालामा बेलुकी ७ः४५ बजेदेखि पञ्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंगलुरू भिड्दै छन् ।

यद्यपि यी दुवै टिम प्लेअफ होडबाट बाहिरिने पक्का भए पनि गणितीय सम्भावना कायमै छ । त्यो सम्भावना पनि आज हार्ने टिमको सकिने छ । 

दुवैको ११ खेलमा ८ अंक छ । हार्ने टिम मुम्बईको ठाउँमा आउने छ । मुम्बईको १२ खेलमा ८ अंक छ । 

पुछारको गुजरात टाइटान्सको ११ खेलमा ८ अंक भए पनि गणितीय सम्भावना कायम छ । 

यसअघि गएराति भएको खेलमा लखनउ सुपर जाइन्टसले सनराइजर्स हैदराबादसँग अहिलेसम्मकै कमजोर प्रदर्शन गर्दै १० विकेटले पराजित भएसँगै प्लेअफ सम्भावना कमजोर पारेको छ । हैदराबादले १६६ रनको चुनौती ९.४ ओभरमै कुनै विकेट नगुमाइ पूरा गरेको हो । 

अंक तालिका
११ खेलबाट १६ अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहेको छ । ११ खेलबाटै १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । 

१२ खेलबाट १४ अंकको सनराइजर्स हैदराबाद तेस्रो स्थानमा छ । चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टसको समान १२ अंक रहेको छ । 

रोयल च्यालेन्जर्स बैंगलुरू, पञ्जाब किंग्स, मुम्बई इन्डियन्स र गुजरात टाइटान्सको समान ८ अंक छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ