arrow

प्रतिनिधि सभाको बैठक दुई घण्टा ढिला गरी शुरु [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको बर्खे अर्थात् बजेट अधिवेशन आजदेखि शुरु भएको छ । बैठक दिउँसो २ बजेदेखि बस्ने भनिए पनि सरकारले ठोस योजना र जवाफ दिन नसक्दा दुई घण्टा ढिला गरी मात्र बसेको हो । 

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही बैशाख २० गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ भएको हो । 

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ