arrow

सांसद शर्माको टोली बालकुमारीमा, ५३० बिरामीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
kmc-81-01-28i.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले बालकुमारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

नेपाल विद्यार्थी संघको आयोजनामा नेशनल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) को प्राङ्गणमा भएको शिविरमा ५३० बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ४५ जनाको ईसीजी, ७७ जनाको ल्याब परीक्षण र ९८ जनाको भिडियो एक्सरे गरिएको थियो ।

२३ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ