arrow

टी–२० विश्वकप खेल्न अमेरिका गएको नेपाल प्रशिक्षणमा, यस्तो छ तालिका

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
farewell-nepalt20.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । टी–२० विश्वकप खेल्न अमेरिका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षणको तालिका सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले अमेरिकामा हुने नेपाली टिमको प्रशिक्षणको तालिका सार्वजनिक गरेको हो ।

जस अनुसार नेपाली टिमले ८ मे देखि ११ मे सम्म फ्लोरिडामा ट्रेनिङ क्याम्प गर्नेछ । त्यस्तै १२ मे मा नेपाली टिम सेन्ट भिनसेन्ट जाने र १९ मे सम्म रहने जानकारी दिएको छ ।

त्यसपछि नेपाली क्रिकेट टिम फेरि अमेरिकाको हस्टन जाने र २२ मे सम्म प्रशिक्षण गर्ने भएको छ । त्यसपछि नेपालले अमेरिका र क्यानडासँग विश्वकप अघि अभ्यास खेल खेल्ने भएको छ ।

आगामी जेठ २० (जुन २ तारिख) गतेदेखि टी–२० विश्वकप अमेरिका र वेष्ट इन्डिजको संयुक्त आयोजनामा हुँदैछ । 

नेपाल समूह डीमा रहेको छ । नेपालको समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्डससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिनसेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ