arrow

यी हुन् वैशाख २७ गते बसेको मन्त्रिपरिषद्‌का निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख २८ शुक्रबार
rekha-sharma-01-28.jpg

काठमाडौँ । वैशाख २७ गते बसेको मन्त्रिपरिषद्‌को निर्णय आज सुनाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय आज सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुनाएकी हुन् । 

सरकारले इजरेल घटनामा निधन भएका ६ जना नेपालीको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित ठेगानामा पुर्‍याउँदाको खर्च भुक्तानी गर्ने निर्णय गरेको उनले बताइन् ।

सरकारका प्रवक्तासमेत रहेकी शर्माका अनुसार मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा नियुक्त, सरुवा, मित्रराष्ट्रले दिने अनुदान स्वीकारलगायत २५ निर्णय गरेको छ ।

सरकारले प्रहरी नायव महानिरीक्षकहरू उमेशराज जोशी र भीमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी पदमा बढुवा गरेको छ । 

सरकारले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजेता तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृत दिने निर्णय गरेको पनि बताइन् । 

सरकारले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम जेठ १ गते ३ बजे प्रस्तुत गर्ने निर्णय गरेको पनि बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ