arrow

एसको स्थायी कमिटी बैठक बस्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
socialist-party-11-22.jpg

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज ११ बजे बस्दै छ । 

पार्टीको केन्द्रीय कार्यालयमा हिजोदेखि शुरूभएको बैठकमा नेताहरूले बोल्नेक्रम बाँकी रहेकाले आज फेरि बस्ने भएको हो । 

हिजोको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमाथि आफ्नो धारणा राखेका थिए । 

साथै महासचिव घनश्याम भुसालले आसन्न महाधिवेशनका तयारीसहितका एजेण्डाबारे जानकारी गराएको पार्टीका उपमहासचिव एवम् केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ