arrow

मोटरसाइकल दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
accident-final.jpg

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका-८ स्थित अरनिको राजमार्गको जल्किने मोडमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

चौतारातर्फ आउँदै गरेको बागमती प्रदेश ०२००६प९५३९ नं को मोटरसाइकलको पछाडि सवार २३ वर्षीया इन्दिरा अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनको श्रीमान् मोटरसाइकल चालक सन्तोष दुलाल घाइते भएका छन् ।

विपरीत दिशाबाट आउँदै गरेको बा. प्र.०१-००६ख २७१६ नं. को टिपरसँग भेट हुँदा मोटरसाइकल अनियन्त्रित भएको थियो ।

अधिकारीलाई उपचारका लागि चौतारा अस्पताल ल्याइएकामा अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ