arrow

एमालेको एकल बहुमत बिना देश बन्दैन : उपाध्यक्ष पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
bishnu-poudel-finance-minister-2079.jpg
तस्बिर-फाइल

सर्लाही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले एमालेले बहुमत नल्याएसम्म देश नबन्ने बताएका छन् ।

सर्लाहीको मलङ्गवामा पार्टीको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देश बनाउन मधेशका नागरिकको उत्थान हुनुपर्नेमा जोड दिए । 

देशको विकासमा एमालेले जति अन्य पार्टीले योगदान नगरेको उनको भनाइ थियो । 

‘राष्ट्रिय गौरवको योजनाका रुपमा महत्वपूर्ण योजना अगाडि सार्ने नेकपा(एमाले) मात्र हो’, नेता पौडेलले भने, ‘यो पूरा गर्ने अभिभारा एमालेको हो । त्यसका लागि तपाईँहरुले ८४ को निर्वाचनमा एमालेलाई बहुमत दिएर विजयी गराउनुपर्छ ।’ 

नेता पौडेलले ८४ को निर्वाचनमा पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तालाई आह्वान गरे । 

एमाले नेता तथा रक्षामन्त्री हरिप्रसाद उप्रेतीले मधेसका समस्या समाधानमा सरकार दत्तचित्त रहेको बताए ।

मधेसका जनताको ठूलो समस्याको रुपमा रहेको कृषि, सिँचाइ, मिटरब्याजलगायत समस्यामा एमाले संवेदनशील रहेको उप्रेतीको भनाइ थियो । 

नेकपा(एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लिएको सुखी नेपाली, समृद्ध नेपाल देश र जनताको पक्षमा रहेको पुष्टि भएको उनको दाबी थियो । 

रक्षामन्त्री उप्रेतीले सर्लाहीका जनताको लागि आफू पहिलादेखि लडिरहेको दाबी गरे । 

पार्टीको जिल्ला अधिवेशनको बन्दसत्र सोमबार बिहानबाट सुरु हुने पार्टी जिल्ला कमिटीका उपाध्यक्ष विदुर प्याकुरेलले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ