arrow

तरुण दलले सहकारी पीडितको पक्षमा बृहत् र्‍याली निकाल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
tarun-dal-81-1-31.jpg

काठमाडौँ । नेपाल तरुण दलले सहकारी पीडितको पक्षमा बृहत् र्याली निकाल्ने भएको छ । सोमबार बसेको तरुण दल केन्द्रीय समितिको आकस्मिक बैठकले बुधबार मध्यान्ह १२ बजे माइतीघर मण्डलामा बृहत् र्याली निकाल्ने निर्णय गरेको हो । 

अध्यक्ष विद्वान गुरुङको सभापतित्वमा बत्तीसपुतलीको अनुपम फुडल्यान्डमा बसेको बैठकले सहकारी पीडितहरुको पक्षमा र सहकारी ठगको विरुद्धमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म बृहत् र्याली आयोजना गर्ने निर्णय गरेको हो । 

बैठकले सम्पूर्ण सहकारी पीडितलाई र्यालीमा सहभागी हुन आह्वानसमेत गरेको छ । तरुण दलको माउ पार्टी नेपाली कांग्रेसले लामो समयदेखि सहकारी पीडितको न्यायका लागि संसदीय छानबिन समिति बनाउन माग गर्दै आइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ