arrow

माछापुच्छ्रे बैङ्कद्वारा दुर्घटना बिमा अन्तर्गतको १० लाख रकम हस्तान्तरण

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
mbl-birjung.jpg

काठमाडौँ। माछापुच्छ्रे बैङ्कले न्यू स्मार्ट तलब खाता अन्तर्गत दुर्घटनामा परि मृत्यु भएका ग्राहकको परिवारलाई दुर्घटना बिमा अन्तर्गतको १० लाखको दुर्घटना बिमा रकम भुक्तानी गरेको छ।

बैङ्कको आर्दशनगर वीरगन्ज स्थित शाखामा खाता रहेका ग्राहक लालबाबु प्रसाद यादवको बाइक दुर्घटनामा मृत्यु पश्चात् उनकी श्रीमती शोभा यादवले गरेको दाबी अनुसार मिति २०८१/०१/३० गते उक्त बिमा रकम श्रीमती यादवलाई हस्तान्तरण गरेको हो।

बैङ्कका चिफ बिजनेस अफिसर श्री डिल्लीराम गिरी, मधेस प्रदेश प्रमुख इन्दु शेखर देवकोटा, आदर्श नगर शाखाका शाखा प्रमुख सुशील थपलियाले उक्त मृत्यु दाबी चेक मृतक यादवकी श्रीमती शोभा यादवलाई हस्तान्तरण गरिन्।

बैङ्कले न्यू स्मार्ट तलब खाता अन्तर्गत १० लाखको दुर्घटना बिमा, ३ लाखसम्म विभिन्न जटिल रोगको उपचार बिमा, १ लाख सम्म अस्पताल भर्ना एवं औषधि उपचार बिमा सुविधा प्रदान गर्दै आइरहेको छ।



नयाँ