arrow

रोमाञ्चक बन्दै आईपीएल प्लेअफ समीकरण, जित्दा कोलकाता क्लालिफायरमा, हार्दा गुजरात बाहिरिने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
ipl-2024-kkr-win-movement.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको प्लेअफ समीकरण रोमाञ्चक बन्दै गएको छ । 

अहिले कोलकाता नाइट राइडर्स र गुजरात टाइटान्स खेल्दैछन् । यो खेलमा जित हासिल गर्दा कोलकाता क्वालिफायर्समा पुग्नेछ । पराजित हुँदा गुजरात बाहिरिने छ । 

गुजरातले जित हासिल गर्दा भने प्लेअफ सम्भावना जीवितै हुनेछ यसअघि रोयल च्यालेन्जर्स बैंगलुरूले भने सनसनीपूर्ण प्रदर्शन गर्दै आएको छ । 

कुनै समय प्लेअफ समीकरणबाट लगभग बाहिरिएको बैंगलुरूले पछिल्ला खेलहरुमा लगातार सफलता हासिल गरेसँगै प्लेअफको सम्भावना अझै जीवित राखेको छ । 

गएराति दिल्ली क्यापिटल्सलाई ४७ रनले पराजित गरेपछि आरसीबीको सम्भावना जीवितै रहेको हो । 

अंक तालिका
१२ खेलबाट १८ अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहेको छ । १२ खेलबाटै १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । 

१३ खेलबाट १४ अंकको चेन्नई सुपर किंग्सको तेसैो स्थानमा छ । १२ खेलबाट १४ अंकको सनराइजर्स हैदराबाद चौथो स्थानमा छ । 

१३ खेलबाट समान १२ अंकका रोयल च्यालेन्जर्स बैंगलुरू र दिल्ली क्यापिटल्सको प्लेअफ सम्भावना कम भए पनि गणितीय सम्भावना जीवितै छ । 

१२ खेलबाट लखनउ सुपर जाइन्टसको १२ अंक छ । उसको पनि प्लेअफ सम्भावना जीवितै छ । गुजरातको १२ खेलबाट १० अंक छ र अझै प्लेअफ होडबाट बाहिरिएको छैन । 

८ अंकका मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भने बाहिरिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ