arrow

दिल्ली र लखनउको भविष्य तय हुँदै,  वर्षाले गुजरातलाई बज्रपात, कोलकाता क्वालिफायरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ipl-2024-delhi-capitals-z.jpg

काठमाडौँ । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल टी–२० क्रिकेटको प्लेअफ समीकरण रोमाञ्चक बन्दै जाँदा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जाइन्टसको भविष्य तय हुँदैछ । 

दुवैबीच बेलुकी ७ः४५ बजे दिल्लीमा भिडन्त हुँदा जितले दिल्लीको प्लेअफ सम्भावनाको झिनो आशा बाँकी रहने छ । पराजित हुँदा बाहिरिनेछ । किनकि दिल्लीले लिगको अन्तिम खेल खेल्दैछ । त्यस्तै लखनउ विजयी भए प्लेअफ सम्भावना कायम हुनेछ भने पराजित हुँदा लगभग बाहिरिने पक्काजस्तै हुनेछ । 

दिल्ली १३ खेलबाट १२ अंकमा छ भने लखनउ १२ खेलबाट १२ अंकमा छ । 

यता गएरातिको खेलमा वर्षाले अवरोध गरेपछि कोलकाता नाइट राइडर्स र गुजरात टाइटान्सले अंक बाँडेका छन् । गुजरात एक खेल खेल्न बाँकी छँदै प्लेअफ होडबाट बाहिरिएको छ भने कोलकाता एक खेलअघि नै क्वालिफायरमा पुगेको छ । 

अंक तालिका
१३ खेलबाट १९ अंकको कोलकाता नाइट राइडर्स शीर्ष स्थानमा रहेको छ । १२ खेलबाटै १६ अंकको राजस्थान रोयल्स दोस्रो स्थानमा छ । 

१३ खेलबाट १४ अंकको चेन्नई सुपर किंग्सको तेस्रो स्थानमा छ । १२ खेलबाट १४ अंकको सनराइजर्स हैदराबाद चौथो स्थानमा छ । 

१३ खेलबाट समान १२ अंकका रोयल च्यालेन्जर्स बैंगलुरू र दिल्ली क्यापिटल्सको प्लेअफ सम्भावना कम भए पनि गणितीय सम्भावना जीवितै छ । 

१२ खेलबाट लखनउ सुपर जाइन्टसको १२ अंक छ । उसको पनि प्लेअफ सम्भावना जीवितै छ । 

अहिलेसम्म औपचारिक रुपमा बाहिरिइसकेका गुजरातको १३ खेलबाट ११ अंक छ । 

८ अंकका मुम्बई इन्डियन्स र पञ्जाब किंग्स भने बाहिरिएका छन् ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ