arrow

कर प्रणालीमा सुधार गर्ने घोषणा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
ramchandra-81-2-1s.jpg

काठमाडौँ । सरकारले कर प्रणालीमा सुधार गर्दै राजस्व प्रशासनको दक्षता बढाइने घोषणा गरको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कर प्रणाली सुधार गर्ने घोषणा गरेका हुन् ।

उनले वित्तीय क्षेत्रलाई प्रतिस्पर्धी बनाइने बताउदै लघुवित्त तथा सहकारीमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा प्राप्त सुझाव क्रमशः कार्यान्वयन गरिने बताएका छन् ।

त्यस्तै बन्द तथा रुग्ण अवस्थामा रहेका सार्वजनिक संस्थान उपयुक्त विधिबाट व्यवस्थापन र सञ्चालन गरिने सरकारले नीति लिएको छ ।

तीनै तहका सरकारबीच प्राकृतिक स्रोतको परिचालनका लागि एकीकृत कानुन तर्जुमा गरिने, निजी पूँजी आकर्षित गर्न थप कानुनी प्रबन्ध गरिने र आगामी आर्थिक वर्ष नेपालको कन्ट्री रेटिङ सम्पन्न गरिने सरकारले नीति लिएको छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ