arrow

टी–२० विश्वकपअघि नेपालले क्यानडा र अमेरिकासँग वार्म अप खेल खेल्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
nepalt20-2024g.jpg

काठमाडौँ । नेपालले टी–२० विश्वकप क्रिकेटअघि क्यानडा र अमेरिकासँग अभ्यास खेल खेल्ने भएको छ । आईसीसीले शुक्रबार जारी गरेको तालिकाअनुसार नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।

नेपालले विश्वकप अघि टेष्ट राष्ट्रसँग अभ्यास खेल खेल्ने अपेक्षा गरेको भए पनि सो पूरा हुन सकेन । विश्वकप खेल्न रोहितकुमार पौडेलको कप्तानीमा नेपालले १५ सदस्यीय टिम छनोट गरेको छ । 

नेपाली टिममा कप्तान पौडेलसहित आसिफ शेख, अनिल साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिश जीसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमलसिंह ऐरी रहेका छन् ।

टी–२० विश्वकपमा नेपाल समूह डी मा रहेको छ । यस समूहमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।

विश्वकपमा नेपालले पहिलो खेल टेक्सासमा जुन ४ मा नेदरल्याण्ड्ससँग, जुन ११ मा फ्लोरिडामा श्रीलंकासँग, जुन १४ मा सेन्ट भिनसेन्टमा दक्षिण अफ्रिकासँग र जुन १६ मा सेन्ट भिन्सेन्टमै बंगलादेशसँग खेल्ने तालिका रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ