arrow

केएमसीमा नाक र अनुहारको प्लाष्टिक सर्जरी शुरु 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
kmc-facial-surgery.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा नाक र अनुहारको प्लाष्टिक सर्जरी शुरु भएको छ । 

अनुभवी डाक्टरहरुले नाक र अनुहारको प्लाष्टिक सर्जरी सेवा केएमसीबाट दिन शुरु गरेको अस्पतालका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

नाक, कान, घाँटी रोग विशेषज्ञ डा. नयनबहादुर महतोले यो सेवा दिइरहेका छन् । उनी फेलोशिप इन राइनोप्लास्टी तथा फेसियस प्लाष्टिक सर्जरीमा बेलायतबाट अध्ययन गरेर विगत ६ वर्षदेखि काम गरिरहेका छन् । 

उनले नाक र अनुहारका विभिन्न दश सेवा दिइरहेकोसमेत बताएका छन् । जस्तो कि राइनोप्लाष्टि (नाकको आकार मिलाउने सर्जरी), अपर ब्लेफारोप्लाष्टि (आँखाको ढकनी झुलेको मिलाउने, लोअर ब्लेफारोप्लाष्टि (अन्डरआइ ब्याग हटाउने सर्जरी), मंगोलियन आँखामा मुन्द्री बनाउने, ठाडो कानको आकार मिलाउने, गालामा डिम्पल बनाउने सर्जरी, अनुहारको चाउरीपन हटाउने सर्जरी, चिउँडो बढाउने वा घटाउने सर्जरी, ओँठको शल्यक्रिया, काटेको दाग घटाउने शल्यक्रिया रहेका छन् । 

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको केएमसीको स्वास्थ्य टोलीले निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजनासमेत गर्दै आएको छ । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ