arrow

सांसद शर्माको टोली ललितपुरमा, ६३३ बिरामीको उपचार 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ४ शुक्रबार
kmc-81-2-4.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले ललितपुरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । 

रोट्रयाक्ट क्लब बालकुमारीको आयोजनामा ललितपुर महानगरपालिका वडा नं ७ को सहयोगमा श्री शान्ति विद्याश्रमको प्राङ्गणमा भएको शिविरमा ६३३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बिरामीमध्ये ४४ जनाको ईसीजी, ८७ जनाको ल्याब परीक्षण र ९५ जनाको भिडियो एक्सरे गरिएको थियो ।

१७ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ । उनीहरुको निःशुल्क शल्यक्रिया गरिने सांसद शर्माले बताए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ