arrow

कांग्रेस पत्रकार सम्मेलन

कांग्रेसमाथिका लाञ्छना प्रमाणित गर्न रविलाई चेतावनी [भिडियो]

यी हुन् कांग्रेसले उठाएका विषयहरू

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
congress-press-confrence-03-07.jpg

काठमाडौँ ।नेपाली कांग्रेसले सोमबार पत्रकार सम्मेलन गरेको छ । सहकारी प्रकरण र संसदमा विपक्षीका विरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिएपछि कांग्रेसले पत्रकार सम्मेलन गरेको हो । 

पत्रकार सम्मेलन गरी कांग्रेस प्रमुख सचेतक रमेश लेखकले कांग्रेस नेताहरूमाथि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगाएको आरोपको पुष्टि गरेर देखाउन चुनौती दिएका छन् । 

 उनले नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग आरोप समेत लगाए । उनले नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरूलाई लगाएको आरोप प्रमाणित गरेर देखाउन नसके परिणाम राम्रो नहुने चेतावनी दिए ।

उनले भने, ‘नेपाल सरकारले राज्यका छानबिन गर्नुपर्ने, अनुसन्धान र अभियोजन गर्नुपर्ने अंगहरुलाई, संयन्त्रलाई सहकारीका ठग जोगाउन दुरुपयोग गरेको छ । यो हाम्रो ठहर हो । उहाँले जसरी नेपाली कांग्रेसलाई र कांग्रेसका नेताहरूमाथि जसरी लाञ्छना लगाउनुभयो, जसरी प्रश्न उठाउनुभएको छ, हामी चुनौती दिन चाहन्छौँ, चुनौतीपूर्वक भन्न चाहन्छौँ, तपाईँ छानबिन, अनुसन्धान गर्नुस् र प्रमाणित गर्नुस् । सरकारको त्यो काम हो, प्रश्न सोध्ने काम होइन । सबै घटनाको छानबिन गरेर प्रमाणित गर्नुस् चुनौती छ । तपाईँले यति धेरै लाञ्छना लगाउनुभएको छ, यदि त्यो भोलिका दिनमा प्रमाणित गर्न सक्नुभएन भने के हुन्छ त्यो कुरा भोलिका दिनमा व्यहोर्नु पर्ला ।’

उनले प्रधानमन्त्री प्रचण्डले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा (माओवादी केन्द्र)लाई पनि उत्तिकै सहयोग गरेको बताए । उनले कांग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जङ्गलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताए ।

उनले माओवादीलाई जङ्गलबाट संसदमा ल्याउने काम कांग्रेसले गरेको बताए । उनले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ