arrow

‘काठमाडौँ महानगरका चार चालकलाई प्रहरीले समायो, सिंहदरबारको फोहर नउठाउने बालेनको घोषणा’

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ७ सोमबार
kathmandu-metro-final-final.jpeg
तस्बिर : फाइल

काठमाडौँ। बाटोमा फोहरको गाडी रोकिएको भन्दै काठमाडौँ महानगरपालिकाका ४ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँको नयाँ बानेश्वर क्षेत्रबाट केही समय अगाडि उनीहरूलाई प्रहरीले पक्राउ महानगरपालिकाका प्रवक्ता  नवीन मानन्धरले जानकारी दिए। उनीहरूलाई महानगरीय प्रहरी परिसर टेकुमा लगिएको उनको भनाइ छ।

चालकहरू पक्राउ परेपछि काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साहले सिंहदरबार र नेताहरूको घरको फोहर नउठाउने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत बालेनले यस्तो बताएका हुन् ।

‘भ्रष्टलाई समाउन सक्नुभएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनुभएछ यो सरकारले,’ बालेनले लेखेका छन्, ‘जबसम्म ससम्मान चालकहरू रिहा हुन्नन्, सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरूको घरको फोहर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाँकी छोडिँदैन ।’

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ