arrow

आईसीसीले माग्यो नेतान्याहू र हमासका शीर्ष नेताको गिरफ्तारी वारेन्ट

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
Benjamin-netanyahu.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र हमासका शीर्ष नेताहरूलाई पक्राउ पुर्जी जारी गर्न माग गरेको छ ।

आईसीसी अभियोजकले नेतान्याहू र रक्षा मन्त्री योभ गालान्टलाई गाजामा युद्ध अपराध गरेको आरोपमा पक्राउ पुर्जी मागेको छ ।

आईसीसी अभियोजकले भने, ‘मेरो कार्यालयले संकलन गरेको र समीक्षा गरेको प्रमाणको आधारमा, इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतान्याहू र रक्षामन्त्री योभ गालान्ट गाजामा भएका युद्ध अपराधका लागि जिम्मेवार छन् भन्ने विश्वास गर्ने कारण छ ।



नयाँ