arrow

केएमसीमा बाथरोगको विशेषज्ञ सेवा सञ्चालनमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
kmc-reumatism-prabin-khatri.jpg

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा बाथरोगको विशेषज्ञ सेवा सञ्चालनमा आएको छ । 

अनुभवी डाक्टरहरुले बाथरोगको विशेषज्ञ सेवा सञ्चालन गरेको अस्पतालका महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । 

बाथरोग विशेषज्ञ डा. प्रविन खत्रीको टोलीले बाथरोगको सेवा सञ्चालन गरेको हो । खत्रीले केयूबाट एमबीबीएस, टीयूबाट इन्टरनल मेडिसिनमा एमडी गरेका थिए ।

भारतको मेदान्त अस्पतालबाट र्यिुमाटोलोजी र क्लिनिकल इम्युनोलोजी फेलेशिप गरेका थिए । 

 कस्तो अवस्थामा बाथरोग विशेषज्ञ–इमयुनोलोजिष्टसँग परामर्श लिने ? 
 –    जोर्नीको दुखाइ 
–    ढाड दुखेमा–कम्मर दुःखेमा 
–    गाउट–युरिक एसिडको समस्या 
–    बारम्बार आँखा रातो भएमा 
–    फोक्सोमा बारम्बार पानी भरिएमा र आईएलडी दम भएमा 
–     बारम्बार लामो समयसम्म ज्वरो आएमा 
–    छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा 
–    लामो समयदेखि छाला कडा भएमा 
–    लामो समयदेखि मांशपेशीमा कमजोरी तथा दुखाइ भएमा 
–    युवाअवस्थामा पक्षाघात भएमा 
–    एलर्जीसम्बन्धी समस्या बारम्बार दोहोरिएमा 
–    कम उमेरमा हृदयाघात–मुटुरोग भएमा 
–    हड्डी खिएमा–खोक्रो भइ बारम्बार भाँचिएमा 
–    औँलाहरु नीलो भएमा–धेरै कालो भइ कुहिन खोजेमा 
–    बारम्बार गर्भपतन भएमा 
–    कपाल धेरै झरेमा 
–    मुखमा–यौन अंगमा बारम्बार घाउ भएमा 
–    मुख तथा आँखामा सुख्खापन भएमा 
–    लामो समय देखि कमजोरी वा शरीर फतक्क गल्ने भएमा 
–    बिना कारण शरीरमा रातो–सेतो रगतको कमी भएमा 
–    बिनाकारण शरीरको तौल घटेमा ।

नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माले सम्हालेपछि केएमसीमा निरन्तर सेवा विस्तार हुँदै आएको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ