arrow

सरकारसँग कांग्रेसको माग- गीता बस्नेतलाई जस्तै रविलाई पनि तत्काल पक्राउ गरियोस् [भिडियो]

सभाबाट रविलाई गलहत्त्याउन कांग्रेस पछि नपर्ने 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
badri-pandey-03-08.jpg

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ । 

मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले गृहमन्त्रीको जस्तै अभियोगमा सांसद गीता बस्नेतसँगै उपप्रधानमन्त्री लामिछानेलाई पनि पक्राउ गर्नुपर्ने बताएका हुन्। 

सरकारले सांसद बस्नेतलाई यसअघि नै पक्राउ पुर्जी जारी गरिसकेको छ । उनले ठगीको अभियोगमा सांसद बस्नेतलाई पक्राउ पुर्जी जारी हुने तर सोही अभियोग लागेका लामिछाने मुलुकको गृहमन्त्री हुने विडम्बनापूर्ण अवस्थाको अन्त्य हुनुपर्ने बताए । 

सहमहामन्त्री पाण्डेले उपप्रधानमन्त्री लामिछानेले देशका विभिन्न ठाउँका सहकारीबाट एवं अर्बभन्दा बढी रकम गोर्खा मिडियाको नाममा लिएर अपचलन गरेको दोहोर्‍याउँदै उनको नाम किटान गरेर संसदीय छानबिन समिति नबनेसम्म आफूहरूले संसद बैठक चल्न नदिने अडान पनि राखे ।

उनले भने, ‘हामी हाम्रो अडानमा दृढ छौं सम्माननीय सभामुख महोदय । लाखौँ सहकारी पीडितहरूलाई न्याय दिने कर्तव्यबाट हामी कदापि च्युत हुनै छैनौँ । सम्माननीय सभामुखज्यूमार्फत देशभरका सहकारी पीडितहरूलाई म आश्वस्त पार्न चाहन्छु बचतकर्ताको बचत फिर्ताको सुनिश्चितता नभएसम्म हाम्रो लडाइँले विश्राम पाउने छैन। म आग्रह गर्न चाहन्छु । संसदीय छानबिन समिति गठनको सैद्धान्तिक सहमतिपछि पनि टिओआर निर्माणमा कुरा नमिलेको हामी सबैले थाहा पाएका छौं । पछिल्लो दिनमा समाचारहरू अझ प्रकट ढङ्गले, प्रमाणित ढङ्गले आइरहेका छन् । स्वर्ण लक्ष्मी काठमाडौं, सुप्रिम बुटवल, सहारा चितवन, सूयर्दशन पोखरा, सूर्यदर्शन पोखरा समेतका ४ वटा सहकारीबाट गोर्खा मिडिया नेटवर्कले करिब एक अर्बको ऋण लिएको छ । त्यो ऋण तीनै सहकारीबाट लिइएको हो । र गोर्खा मिडियाले त्यो ऋण पाएको हो । त्यो बेलामा त्यसको प्रबन्ध निर्देशक माननीय गृहमन्त्री रवि लामिछाने हुनुहुन्छ । यसको पुष्टि र प्रमाणित हुने अनेक आधारहरू छन् । सहकारी कार्यालयमा त्यसको पुष्टि भएको छ । प्रहरीका विभिन्न कार्यालयमा त्यसको पुष्टि भएको छ । सीआईबीको रिर्पोटमा त्यसको पुष्टि भएको छ । महानगर र अदालतसम्म पुगेका छन् ती रिपोर्टहरू । र सबै सुरक्षित छन् । यस्तो अवस्थामा माननीय गृहमन्त्रीको संलग्नताको दावी सम्पूर्ण हिसाबले पुष्टि भएको छ । यस्तै खालको अभियोग भोगिरहेका सबै सदनका माननीय गीता बस्नेतमाथि पक्राउ पुर्जी जारी भएको हामीले सुनेका छौं । एउटै सदनका दुई जना माननीय सदस्य एउटै अभियोग एक जनालाई पक्राउ पूँर्जी जारी भएर फरारको सूचिमा रहनुपर्ने र अर्को एक जना गृहमन्त्री हुनुपर्ने यो कस्तो विडम्बना हो, र यो कस्तो न्याय हो रु हामीले यति मात्रै भनिरहेका छौं । यस विषयमा हाम्रो दावी यो हो भने गृहमन्त्रीको दावी छ–म यसमा संलग्न छैन । त्यसो हो भने संसदीय छानबिन समिति बनाऊ । दावी अनुसार उन संलग्न भएको होइन भने उनले उन्मुक्ति पाउनुहोस्, सफाइ पाउनुहोस् । दावी अनुसार उन संलग्न भएको हो भने माननीय गीता बस्नेतलाई जस्तै उहाँलाई पनि पक्राउ पुर्जी जारी होस् । हाम्रो यति मात्रै आग्रह हो । हामीलाई थाहा छ यस क्रममा गृहमन्त्रीले बोल्ने काम गर्नुभयो ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ