arrow

विश्वकप तयारीका लागि गर्न सक्ने गरेका छौं– पारस खड्का [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
parash-khadka-.jpg

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले ट्वान्टी–२० विश्वकपको तयारीका लागि क्यानले गर्न सक्ने जति गरेर नै नेपाली टोली विश्वकप यात्रामा होमिएको उल्लेख गरेका छन् ।

विश्वकपको तयारीबारे पूर्व कप्तानसमेत रहेका पारसले विश्वकप अगाडि नेपालले म्याच एक्सपोजर र अन्य आवश्यक सुविधाका विषयमा क्यानले राम्रो तयारी गरेको उल्लेख गरे । 

उनले विश्वकपअगाडि ४० देखि ५० वटा ट्वान्टी–२० विश्वकप खेल्नुपर्छ भन्ने उद्देश्यअनुरूप नै नेपाली टोलीले क्रिकेट खेलेको बताए । फरक फरक कन्डिसनमा लगातार क्रिकेट खेलेको उनको भनाइ छ । यी सबै तयारी हेर्दा क्यानले खेलाडीलाई सबै थोक दिएको उनको विश्वास छ । 

पूर्व कप्तान पारसले नेपाली टोलीबाट समर्थकले धेरै नै अपेक्षा गर्ने गरेको बताए । सामाजिक सञ्जालको महोल नेपालले विश्वकप नै जित्नुपर्छ भन्ने खालको पनि रहेको पनि बताए । खेलाडीले राम्रो खेले खुशी हुनु राम्रो भएको तर नराम्रो हुँदा धेरै आलोचना गर्न नहुने उनले बताए । नेपालको साधन श्रोत भन्दा बढी अपेक्षा गर्न नहुने उनको तर्क पनि छ । 

अधिकांश टोलीले अमेरिका र वेस्ट इन्डिजमा नै बेस बनाएर तयारी गरिरहेको उनले बताए । खेलाडीमाथि धेरै दबाब सिर्जना गर्न नहुने र अहिले विश्वकप खेलेको सेलिब्रेसन गर्ने अवस्था रहेको क्यानका सचिव पारसको बुझाइ छ । 

सचिव पारसले नेपाली टोलीमा सन्दीप जोडिने भएपछि टोलीमा नै आत्मविश्वास बढेको उल्लेख गरे । पछिल्लो समय सन्दीपको कमी भएको र सन्दीपको मुद्दाको टुङ्गो लागेकाले टोलीमा जोडिँदा आत्मविश्वास खेलाडीमा बढेको उनको धारणा छ । उनलाई कुन खेलाडीको स्थानमा राख्ने भन्ने जिम्मेवारी टिम सेलेक्टरमा नै छाडिएको पारसले उल्लेख गरे । 

हाल नेपाली टोली वेस्ट इन्डिजमा अभ्यास सकेर अमेरिका पुगिसकेको छ । विश्वकप अगाडि नेपालले अमेरिकामा अभ्यास खेल पनि खेल्नेछ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ