arrow

संसदको गतिरोधबारे राष्ट्रपतिको चासो, समाधानको पहल भइरहेको प्रधानमन्त्रीको भनाइ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
ramchandra-prachanda-81-01-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भेट गरेका छन् । 

सो भेटमा राष्ट्रपति पौडेलले जारी संसदको गतिरोधबारे चासो र चिन्ता राखेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ। 

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले आफू समस्या समाधानको पक्षमा रहेको बताउँदै संसदमा जारी गतिरोध अन्त्यका लागि पहल गरिरहेको बताएका थिए । 

यद्यपि गतिरोध अन्त्य गर्नुभन्दा विश्वासको मत लिएर ढुक्क हुन खोजेका प्रचण्डले कांग्रेसको अवरोधबीच विश्वासको मत लिएका थिए । त्यतिमात्र होइन यसको मूल्य कांग्रेसले चुकाउनु पर्ने भन्दै चेतावनीसमेत दिएका थिए । 

कांग्रेससहितका विपक्षी दलहरुले सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति गठनको माग गरेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ