- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । पपुवा न्यूगिनीको एक दुर्गम गाउँमा ठूलो पहिरो गएको छ । मिडिया रिपोर्टका अनुसार अहिले भग्नावशेषबाट शव निकालिरहेको र मृत्यु हुनेको संख्या १०० भन्दा बढी हुन सक्ने शंका गरिएको छ ।
अष्ट्रेलियाको सरकारी मिडिया एबीसीको रिपोर्टका अनुसार स्थानीयले १०० जनाको मृत्यु भएको बताएका छन् तर आधिकारिक तथ्यांक अहिलेसम्म उपलब्ध नभएको बताइएको छ ।
पपुवा न्यूगिनीको इन्गा प्रदेशको काओकलाम गाउँमा सो पहिलो गएको हो । पहाडमा राति पहिरोका कारण मानिस सुतेको बेला घरहरु ध्वस्त भएको रिपोर्टमा बताइएको छ ।