- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तुलसीपुर । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङले सरकारको आमा सुरक्षा कार्यक्रम लागू गरे पनि सुत्केरी महिलाले यातायात खर्च बापत पाउने रकम कटौती गरेको छ ।
प्रतिष्ठानले जेठ ३ गतेदेखि लागू हुने गरी कार्यकारी परिषद्बाट निर्णय गरेर अस्पतालमा सुत्केरी गराउन आउने महिला डिष्चार्ज भई घर जाने क्रममा १ हजार रुपैयाँमात्र दिने निर्णय गरेको छ ।
प्रतिष्ठानले आफ्नो निर्णय भन्दै सुत्केरीले पाउँदै आएको यातायात खर्चको रकम कटौती गरेको हो । अस्पतालमा सुत्केरी गराउन गरिब, निम्न आय भएका महिलाहरु आउने गर्छन् ।
दैनिक १० भन्दा बढी महिलाले प्रसुति सेवा प्राप्त गर्दै आएका छन् । प्रतिष्ठानले यो भन्दा अगाडि यातायात खर्च बापत २ हजार रुपैयाँ र नियमित गर्भ परीक्षण गरेकोमा ८ सय गरी कुल २८ सय रकम दिदै आएको छ ।
प्रतिष्ठानले यातायात खर्च १ हजार दिएर २८ सय दाबी गर्दै आएको छ । प्रतिष्ठानमा सुत्केरीका लागि आएकी एक जना महिलाले आफूहरुले दुई हजार यातायात खर्च पाउँदै आएकोमा यसरी बिना सूचना १ हजार मात्रै दिनुले गम्भीर प्रश्न खडा गरेको बताइन् ।
आमा सुरक्षा कार्यक्रम लागू भएपछि त्यो अनुसारको सेवा दिनुपर्ने उनीहरुको भनाइ छ । प्रतिष्ठानमा कार्यरत एक जना महिला कर्मचारीले पनि केन्द्रबाट पत्राचार गरेको आफूहरुलाई थाहा नभएको तर प्रतिष्ठानले एकाएक यातायात खर्च कटौती गर्नु दुःखदायी काम भएको बताइन् ।