arrow

टी–२० विश्वकपः अभ्यासमा अमेरिकी क्लब हरिकेन्सविरुद्ध नेपालको संघर्षपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १२ शनिबार
nepal-cricket-24-05-25.jpg

काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेटको तयारीका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले ह्युस्टन हरिकेन्स विरुद्धको पहिलो अभ्यास खेलमा संघर्षपूर्ण जित हासिल गरेको छ । 

गएराति सम्पन्न खेलमा नेपालले हरिकेन्सलाई ६ रनले पराजित गरेको हो । नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हरिकेन्सले २० ओभरमा ८ विकेट गुमाएर १४० रन बनाएको थियो । 

यसअघि नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४६ रन बनाएको थियो । यस खेलमा सुपर ओभरको अभ्याससमेत गरिएको थियो ।

सुपर ओभरमा पहिला ब्याटिङ गरेको हरिकेन्सले अविनाश बोहराविरुद्ध १५ रन बनाएको थियो भने नेपालले ४ बलमा जित हासिल गरेको थियो । नेपालका लागि कुशल मल्लले २ छक्का र एक चौका प्रहार गरेर सुपर ओभरमा जित दिलाएका थिए ।

अब हेरिकेन्सविरुद्धको दोस्रो अभ्यास खेल आज राति हुनेछ ।

यो अभ्यास खेलपछि नेपालले विश्वकपअघि क्यानाडा र अमेरिकाविरुद्ध वार्म अप खेल खेल्ने तालिका रहेको छ । नेपालले मे २७ मा अमेरिकाको डलासमा क्यानाडाविरुद्ध वार्म अप खेल खेल्ने छ भने मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने भएको छ ।

जुन २ तारिखदेखि विश्वकप शुरु हुनेछ । नेपाल समूह डीमा रहेको छ । समूह डीमा नेपालसहित दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्याण्ड्स रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ