arrow

बुद्ध जयन्तीका दिन प्याङ गाउँमा मानव धर्मको सत्संग

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
manav-dharma-bulu.jpg

काठमाडौँ । बुद्ध जयन्तीको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले महान् सत्संग कार्यक्रम गर्नुका साथै स्थानीय वृद्धहरूलाई सम्मान गरेको छ । 

सत्संग कार्यक्रममा बुद्धले देशमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा नै शान्तिको सन्देश फैलाएकाले हामीहरूले पनि हरदम शान्ति स्थापनाका लागि काम गर्नुपर्ने बताउँदै नेपाल मानव धर्म सेवा समितिकी केन्द्रीय प्रभारी महात्मा चमेली वाइजीले शान्ति स्वयममा आउनुपर्नेमा जोड दिइन्। 

उनले पछिल्लो समयमा मानिसहरू भौतिक दुनियाँमा मात्र रुमलिदा डिप्रेसनको सिकार भएको, समाजका आपराधिक क्रियाकलाप बढेकाले अध्यात्म मात्र यसको विकल्प भएको बताइन् । भगवान् बुद्धले ध्यानको माध्यमाबाट आफूले आफूलाई चिनेर निर्वाण प्राप्त गरेका हुनाले उनले देखाएको बाटोमा सबैलाई हिँड्न आग्रह गरिन् । 

सत्संग कार्यक्रममा बोल्दै वरिष्ठ महात्मा लता वाईजीले जीवनलाई सफल बनाउन अध्यात्म र भौतिक दुबै पाटोलाई बराबरी अगाडि बढाउनुपर्ने बताइन् । उनले भौतिक दुनायाँमा मात्र सफल भएमा मनमा शान्ति आउन नसक्ने र अध्यात्ममा मात्र अगाडि बढेमा सामाजिक जीवन सफल हुन नसक्ने भएकाले दुबै पक्षमा सफल हुनुपर्ने बताइन् । 

कार्यक्रममा समाजमा आध्यात्मिक जागरणका लागि जीवन समर्पण गर्ने बुलु, ललितपुर निवासी जेष्ठ नागरिक जगतमाया देसार र हर्षमाया देसारलाई सम्मान गरिएको थियो । साथै भजन कलाकारहरूद्वारा विभिन्न भजन गाउनुका साथै सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । 

समितिले शान्तीका अग्रदूत भगवान् बुद्धको सम्मान स्वरूप बिहान ललितपुरको बुलु, प्याङ गाउँमा शान्ति र्‍याली निकालेर नगर परिक्रममा पनि गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ