arrow

जनताले अनुभूत गर्ने गरी नीति, कार्यक्रम र बजेट बनाउँछौँ : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
khagraj-adhikari-gandaki.jpg
तस्बिर-फाइल

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले जनताले सरकारको अनुभूति गर्ने गरी आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट ल्याउने बताएका छन् ।

कास्कीको मादी गाउँपालिका-७ मा निर्मित थाक समाज घर उद्घाटन गर्दै उनले धेरैं बोल्नेभन्दा पनि काम गरेर जनतालाई अनुभूति दिलाउने कोसिसमा आफू रहेको बताए ।

त्यसका लागि प्रदेश सरकारले तयारी गरिरहेको उनले जानकारी दिए ।  

उनले मादी गाउँपालिकालगायत स्थानीय तहको विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।

उनले भने, “बाटो निर्माण भइरहको छ, यसलाई सिक्लेससम्म पुर्याउने कोसिस गर्नेछौँ, खानेपानीलगायत यहाँका समस्या समाधान समाधान गर्न सधैँ सरकारको सहयोग रहने छ ।”

कार्यक्रममा गण्डकी प्रदेशका ऊर्जा जलस्रोत तथा खानेपानीमन्त्री वेदबहादुर गुरुङले यही क्षेत्रको जनप्रतिनिधिको हिसाबले जनताले भोग्नुपरेका समस्या समाधानका लागि आफू क्रियाशील बनेको बताए । 

त्यसअवसरमा समाजघर निर्माणमा सहयोग गर्ने व्यक्ति तथा जग्गादातालगायतलाई सम्मान गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ