arrow

प्रधानमन्त्री प्रचण्ड देउवा निवासमा, बजेट देखाउँदै रविलाई उम्काउन खोज्दै 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
prachanda-deuba-budhanilkha.jpg

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठ पुगेका छन् ।

आइतबार बिहान प्रधानमन्त्री प्रचण्ड सभापति देउवा निवास पुगेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री प्रचण्डले कांग्रेसले सहकारी ठगी प्रकरणको छानबिन गर्न संसदमा अवरोध गरिरहेको र संसदीय छानबिन समितिको कार्यादेशको विषयमा जारी विवादबारे छलफल भएको बताइएको छ ।

जेठ १५ गते मंगलबार संघीय सरकारले आर्थिक वर्षको वार्षिक बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था रहेको र अहिलेसम्म सरकारको नीति तथा कार्यक्रम समेत पारित हुन नसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई विश्वासमा लिन देउवा निवास पुगेको बुझिएको छ ।

तर कांग्रेस भने लाखौँ नेपाली नागरिक सहकारी पीडित भएकाले उनीहरुको हकहितका लागि पनि कांग्रेसले आफ्नो अडान नछाड्ने देउवाले बताएका छन् । 

कांग्रेसले गृहमन्त्री रवि लामिछानेसमेत सहकारी ठगी प्रकरणमा मुछिएकाले उनीसहित सबै बदमासी भएका सहकारीको छानबिन गर्न समिति बन्नुपर्ने माग कांग्रेसको छ ।

सत्तापक्षले भने रविको नाम तोकेर छानबिन गर्न नहुने भन्दै सहकारीहरुको हकमा छानबिन गर्न कार्यादेशमा तोक्न सकिने बताएका छन् । कांग्रेसले भने रवि पनि बदामासीमा मुछिएकाले उनलाई उन्मिुक्ति दिन नहुने बताउँदै आएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली गिरीबन्धु टि–स्टेटको नीतिगत भ्रष्टाचारमा मुछिएकाले उनीमाथिसमेत पनि छानबिन गर्न कांग्रेसले माग गरेको छ । 

कांग्रेसले आजैदेखि सहकारी पीडितको हकहितका लागि सडक आन्दोलनसमेत थालेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ