arrow

स्याङ्जामा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
accident-final.jpg

पोखरा । स्याङ्जामा आइतबार राति सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ ।

मृत्यु हुनेमा भारत मोतीहारी घर भई हाल स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. १ घुम्तीमा बसोबास गर्दै आएका ३५ वर्षीय सुनिलकुमार शाह रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी इन्द्रबहादुर रानाका अनुसार आइतबार राति करिब ८ बजे स्याङजाको पुतलीबजार-१४ आमडाँडास्थित भित्री सडकखण्डमा ग२०प ८५६१ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको हो । शाह मोटरसाइकल चालक हुन् ।

दुर्घटनामा गम्भीर घाइते भएका शाहको जिल्ला अस्पतालमा प्राथमिक उपचार पश्चात पोखराको मणिपाल शिक्षण अस्पताल ल्याइएको थियो । उनको उपचारकै क्रममा राति १०ः३० बजे मृत्यु भएको डीएसपी रानाले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ